नेपालमै पहिलो पटक ड्रोनबाट क्षयरोगीको खकार संकलन गरिदैं

नेपालमै पहिलो पटक ड्रोनबाट क्षयरोगीको खकार संकलन गरिदैं


प्यूठान । संस्कास्पद क्षयरोगीको खकारको नमुना संकलन गर्न नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको छ । स्वास्थ्य कार्यालय प्यूठानमा पहिलो पटक संकास्पद क्षयरोगीहरुको खकार नमुना प्रयोगशालासम्म पुर्‍याउन ड्रोनको प्रयोग गरिएको हो ।

बि.एन.एम.टि नेपालको सहयोगमा राष्ट्रिय क्षयरोग कार्यक्रमलाई थप सशक्त बनाउन र गाउँ गाउँबाट लुकेर बसेका संकास्पद क्षयरोगीहरुको खकार नमुना प्रयोगशालासम्म पुर्‍याउनको लागि ड्रोनको प्रयोग गरिएको हो । अब ड्रोनको मद्दतबाट संकलित खकार नमुना ढुवानी गरिनेछ ।

खकार स्थानीय महिला स्वास्थ्य स्वयमसेविका वा स्वयम सेबकहरुले सम्बन्धित स्वास्थ्य संस्था सम्म पुर्याउने र त्यसपछि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले ड्रोनमा राखेर जेन एक्स्पर्ट सेन्टर सम्म पुर्याउने काम गरिनेछ ।

उक्त कार्यक्रमको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र प्रसाद श्रेष्ठ, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भिम सिंह टिन्करी लगायतले उद्घाटन गरेका छन् ।

Logo