श्रीलंका न्युजिल्याण्डसँग १० विकेटले पराजित

श्रीलंका न्युजिल्याण्डसँग १० विकेटले पराजित


काठमाडौँ,

विश्वकप क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा न्युजिल्याण्डले सहज जित हात पारेको छ । श्रीलंकालाई १० विकेटले पराजित गर्दै न्युजिल्याण्ड विजयी भएको हो ।

न्युजिल्याण्डको जितमा ओपनर मार्टिन गुप्टिल र कोलिन मुनरो निर्णायक बने । प्रतियोगितामा अबिजित खेलेका गुप्टिलले ५१ बलमा ७३ रन र मुनरोले ४७ बलमा ५८ रन बनाएका थिए ।

टस हारेर व्याटिङको निम्तो पाएको श्रीलंकाले २९.२ ओभरमा सबै विकेट गुमाउँदै १३७ रनको योगफल बनायो । श्रीलंकाका लागि दिमुथ करुणारत्नेले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५२ बनाए ।

जवाफी व्याटिङमा उत्रिएको न्युजिल्याण्डले बिनाविकेटको क्षतिमा १६.१ ओभरमै १३७ रनको लक्ष्य भेट्टायो ।

Logo