न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ सञ्चालन हुँदै

न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ सञ्चालन हुँदै


काठमाडौँको न्युरोडमा बिहीबारदेखि स्मार्ट पार्किङ संचालन हुने भएको छ ।  काठमाडौं महानगरपालिकाले ह्विल्स ट्रलियोर्स कम्पनीमार्फत स्मार्ट पार्किङ संचालन गर्न लागेको हो ।

बिहिबारदेखि एक सातासम्म परीक्षणका लागि संचालन हुनेछ। परीक्षण कालमा सर्वसाधरणलाई निःशुल्क पार्किङको सुबिधा दिने भएको छ।

सुरुमा न्युरोड क्षेत्रका रामेश्वरम, विशाल बजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट पार्किङ सिस्टम लागू हुनेछ । ती स्थानमा आठ सय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको छ । पार्किङ्स्थलमा ६० वटाभन्दा बढी सिसि क्यामेरा जडान गरिएका छन् । बाइकका लागि एक घन्टाको २५ रुपैयाँ र गाडीका लागि ६० रुपैँया लाग्नेछ ।

स्मार्ट पार्किङ प्रयोगका लागि ‘पार्क केटिएम’ एप डाउनलोड गरि आफूलाई पायक पर्ने ठाउँमा बुक गर्न सकिनेछ । एपमा रियल टाइम देखिनेछ । जसले पार्किङ स्पेस हेर्न सहज हुनेछ । पार्किङका लागि १५ मिनेटअघि  बुकिङ गर्नुपर्नेछ । बुकिङ गर्दा बाइक वा गाडीको नम्बरसमेत इन्ट्री गर्नुपर्नेछ । बुक गरेको १५ मिनेटभित्र पार्किङ नगरे बुकिङ स्वतः रद्द हुनेछ ।

तीन महिनाअघि काठमाडौं महानगरले ह्विल्स ट्रलियोर्स कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि सम्झौता गरेको थियो ।

Skip This
Logo