बम काण्डमा मारिने जनता होईनन्ः गृहमन्त्री थापा (भिडियोमा)

बम काण्डमा मारिने जनता होईनन्ः गृहमन्त्री थापा (भिडियोमा)


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लब समुहसँग सम्बन्धितहरु भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दै उनले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताएका हुन् ।

उनले भने, “ती सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो । ती जनता होइनन् । ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो । दुई ठाउकै घटनामा, बम बनाउने क्रममा केही प्राविधिक त्रुटी भएका कारणले गर्दा ज्यान गएको अहिले सम्मका अनुसन्धानले पुष्टि भएको छ । गैह्र कानुनी र अपराधीक क्रियाकलापसँग सम्बन्धीत नै ती व्यक्तिहरु थिए । त्यसकारले तीनहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौ । उनीहरु घटनासँग सम्बन्धित व्यक्ति नै हुन् ती सामान्य नागरिक होइनन् । त्यही रुपमा बुझ्न म अनुरोध गर्छु ।”

विप्लव समुहसँग साँठगाँठ त छैन भन्ने सांसदहरुको प्रश्नलाई उनले “नाजायज प्रश्न” को संज्ञा दिए । उनले भने, “सरकार र विप्लव समुहसँग साँठगाँठ त छैन भन्ने प्रश्नहरु नाजायज प्रश्न हुन्छन् । प्रश्नलाई उल्टाएर हेर्दा कतै ती प्रश्नहरुको सम्बन्ध उतै छ छैन भन्ने लाग्छ ।”

Logo