विस्फोट गराउने तयारी अवस्थाका कुकर बम सहित ७ जना कोटेश्वरबाट पक्राउ

विस्फोट गराउने तयारी अवस्थाका कुकर बम सहित ७ जना कोटेश्वरबाट पक्राउ


काठमाडौं,
घट्टेकुलोमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले काठमाडौको कोटेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले, तेजबहादुर मोक्तान रहेका छन् । पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको छ ।

उनीहरूलाई सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेर कोटेश्वर वृत्तको जिम्मा लगाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ । राजधानीमै नागरिक असुरक्षित रहने यस्ता विष्फोटका घटनाले सुरक्षा व्यवस्था प्रति चुनौती मात्र थपेको छैन , फितलो सुरक्षा व्यवस्थाको चित्र पनि उतारेको छ ।

Logo