‘हाम्रोटीम नेपाल’ ले काम नपाउनेहरुलाई अब रोजगारी पनि दिने

‘हाम्रोटीम नेपाल’ ले काम नपाउनेहरुलाई अब रोजगारी पनि दिने


काठमाडौं ।

काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काम नपाउनेहरुलाई कृषि फार्ममा रोजगारी दिने भएको छ ।

हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले गास, बास र कपास नहुने व्यक्तिहरुलाई कृषि फार्ममा रोजगारी दिने योजना अनुसार काम भइरहेको बताएका हुन् । अहिले काठमाडौं उपत्यकामा कोठा लिएर बस्ने तर काम नपाउनेहरुलाई रासन पानीको व्यवस्था गरिदिएको र कोठा पनि नहुने व्यक्तिहरुलाई बस्ने र खाने व्यवस्था गरेको पनि उनले बताए । अब भने कोठा पनि नहुने र काम पनि नपाउनेहरुलाई तराईको कुनै ठाउँमा कृषि फार्म सञ्चालन गरी रोजगारी दिन लागिएको बताए। अहिले हाम्रो टीम नेपालमा खाना खान आउने मध्येका करिब ७०÷८० जनालाई कृषि फार्ममा लगाउने पनि पन्तले बताए।

हाम्रो टीम नेपालले मंगलबार काठमाडौंमा कोठा लिएर बसेका तर काम नपाएका व्यक्तिका परिवारहरुलाई खाद्यान्न वितरण गरेको छ । नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले खाद्यान्न उपलब्ध गराएपछि वितरण गरिएको पन्तले बताए।

Logo