त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे परिवर्तन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे परिवर्तन


काठमाण्डौं,

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पिच फेर्ने पहिलो चरणको काम सकिएको छ । ३ हजार ५० मिटर लामो धावनमार्गमा पहिलो चरणमा बीचको भाग अर्थात् जहाज गुड्ने ठाउँको पुरानो पिच हटाएर नयाँ पिच हाल्ने काम थालिएको थियो ।

अहिले ट्याक्सी वे जोडिएको ठाउँ बाहेक अरु ठाउँमा लगभग पहिलो चरणको काम सकिएको आयोजनाका निर्देशक बाबुराम पौडेललेलाई जानकारी दिनुभयो ।

‘हामीले २६ सय मिटर भन्दा धेरै भागको पुरानो पिच हटाएर नयाँ राखिसकेका छौँ, ट्याक्सी वे सँग जोडिएको भाग बाहेक मुख्य धावनमार्गको बीचको भागमा हामीले ओल्लो छेउदेखि पल्लो छेउसम्मकै पिच परिवर्तन गरिसकेका छौँ ।’ निर्देशक पौडेलले भन्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लामो रहेको छ । अहिले ३ हजार ५० मिटरमा नै ३० देखि ५० सेन्टिमिटर गहिराइसम्म खनेर पुरानो पिच उप्काउने र नयाँ पिच हाल्ने काम भैरहेको छ ।

Logo