जनकपुरमा भारतीय लुटेरा समुहमाथि प्रहरीद्वारा गोली प्रहार

जनकपुरमा भारतीय लुटेरा समुहमाथि प्रहरीद्वारा गोली प्रहार


काठमाडौं,

जनकपुरमा डकैती गर्न आएको भारतीय आपराधिक समुहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले डकैती गर्न आएको एक समूहमाथि गोली प्रहार गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ भारत समस्तीपुरबाट नेपाल आएको ७ जनाको भारतीय लुटेरा समूहमाथि प्रहरीले गोली प्रहार गरेको हो । एकजना डाँकाको खुट्टामा गोली लागेको छ। प्रहरीका अनुसार ६ जना भारतीय लुटेरा पक्राउ परेका छन् भने खुट्टामा गोली लागेका एकको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले लुटेरा समूहबाट ६ राउण्ड गोली, लोड गरिएको सिक्सर पेस्तोल १ थान, र एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको दुई नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी हरि पालले वताए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo