घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । "/>

प्रहरीको गोली लागेर पहिलो पटक विप्लव कार्यकर्ता मारिए

प्रहरीको गोली लागेर पहिलो पटक विप्लव कार्यकर्ता मारिए


भोजपुर । प्रहरीको गोली लागेर घाइते भएका विप्लव कार्यकर्ताको ज्यान गएको छ । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो ।

षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरेको तिघ्रामा गोली लागेको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल पुर्‍याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाई छ । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ । तर, विप्लव समूहले आफ्नो कार्यकर्तालाई नियन्त्रणमा लिएर मारेको दाबी गर्दै आएको छ ।

प्रहरीले मुठभेडका नाममा कार्यकर्तालाई नियन्त्रणमा लिएर मारेको विप्लव समूहको आरोप छ । विप्लव समूहले अब त्यसको जवाफ दिने चेतावनी दिएको छ । आफ्ना कार्यकर्ताको बिना कारण हत्या गरिएको भन्दै राज्यविरुद्ध अब कठोर भएर अघि बढ्ने नेकपा एक नेताले चेतावनी दिए ।

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको थियो ।

भोजपुरमा प्रहरीद्वारा विप्लव कार्यकर्तामाथि गोली प्रहार

Logo