रेडक्रसको केन्द्रीय कार्यसमिति विघटन

रेडक्रसको केन्द्रीय कार्यसमिति विघटन


काठमाडौँ,

सरकारले रेडक्रसको वर्तमान कार्यसमितिका पदाधिकारीले अनियमितता गरेको भन्दै हालको केन्द्रीय कार्यसमिति विघटन गरी तदर्थ समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रस सोसाइटीका वर्तमान अध्यक्ष सञ्जीव थापा नेतृत्वको कार्यसमिति विघटन गर्दै सोसाइटीका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वकेशर मास्केको अध्यक्षतामा १७ सदस्यीय तदर्थ कार्यसमिति गठन गर्ने निर्णय गरेको हो । समितिको महामन्त्रीमा झापाका कमलप्रसाद निरौला र कोषाध्यक्षमा धादिङका सीताराम कोइराला चयन भएका छन् । जिल्ला प्रशासन कार्यालयले संस्था दर्ता ऐन, २०३४ को दफा ११ बमोमिज रेडक्रसको वर्तमान कार्यसमिति विघटन गरिएको जानकारी दिएको छ ।

स्रोतका अनुसार रेडक्रको हालको केन्द्रीय कार्यसमितिले व्यापक रूपमा अनियमितता गरेको भन्दै छानबिनको माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सरकारका विभिन्न निकायमा उजुरी परेको थियो । अख्तियार लगायत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयसमक्ष अनियमितताको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले समेत छानबिन गरेको थियो । अख्तियारको छानबिन अझै जारी छ ।
राजधानीबाट

Logo