यी हुन् सरकारले बन्द गरेको ४८ मेनपावर

यी हुन् सरकारले बन्द गरेको ४८ मेनपावर


सरकारले ४८ वटा मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले विवरण अद्यावधिक नगरी अनलाइन सेवा सञ्चालन गरिरहेका मेनपावरलाई गत वैशाख १३ को निर्णयअनुसार अनलाइन सेवा बन्द गरिदिएको हो। अद्यावधिकका लागि गत वैशाख २३ देखि २९ गतेसम्मको म्याद दिइएको थियो।

अनलाइन कारोबार बन्द भएका मेनपावरमा एक्सेस पार्टनर्स नेपाल प्रालि, आदर्श ओभरसिज सर्भिस प्रालि, अग्रिम ओभरसिज प्रालि, एसिया पोइन्ट नेपाल प्रालि, बीएण्डबी, रिक्रुइटमेन्ट प्रालि, बेलटेक नेपाल ओभरसिज प्रालि, बोल्ड मेनपावर प्रालि, बोन मेनपावर प्रालि, चिरायु, सिटी ओभरसिज प्रालि, क्लासिकल ओभरसिज प्रालि, देउराली ह्युमन रिसोर्स सोलुसन प्रालि रहेका छन्। त्यस्तै दित्या इन्टरनेशनल, फास्ट लिंक इम्प्लोयमेन्ट सर्भिस, जिओ नेपाल ओभरसिज, ग्लान्स इन्टरनेशनल, ग्लोबल युथ भिजन ह्युमन सर्भिस, गोल्डेनगेट रिक्रुइटमेन्ट सर्भिस, गुडलक ओभरसिज, ग्रेट गल्फ एचआर, एचएमटी ओभरसिज, हिमालय गल्फ ओभरसिज रहेका छन्।

त्यसैगरी इन्डिगो ओभरसिज, जनकपुर ओभरसिज, काठमाडौैं ब्राइट ह्युमन रिसोर्स, लाल इन्टरनेशनल ओभरसिज, मेनपावर रिक्रुइटमेन्ट नेपाल, मिडल इस्ट एचआर सोलुसन, नमोबुद्ध रिक्रुइटमेन्ट, नेपाल एचआर सोलुसन, नेपाल मेनपावर प्रालि, परी ओभरसिज, पोजिटिभ प्लेसमेन्ट एण्ड जनरल सर्भिस, पब्लिक लिंक ओभरसिज, पर्पल एचआर सर्भिस, आरए इन्टरनेशनल इम्प्लोयमेन्ट एजेन्सी, रेडसी इम्प्लोयमेन्ट सर्भिस प्रालिको कारोबार बन्द भएको छ।

त्यस्तै, रिन्कु ओभरसिज, रोयल एचआर सोलुसन, एसएनएचआर मेनपावर प्रालि, सर्भिन ओभरसिज, शांग्रिला ह्युमन रिसोर्स, सिल्भिया एचआर सर्भिस, टप जब्स इन्टरनेशनल इम्प्लोयमेन्ट सर्भिस, अल्टिमेट इम्प्लोयमेन्ट सर्भिस, भेनस इन्टरनेशनल एचआर सोलुसन, वर्ल्ड एट वर्क कन्सल्टाना प्रालि र वर्ल्डवाइड एचआर सोलुसनको अनलाइन कारोबार बन्द भएको छ।

कारोवार बन्द भएसँगै ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि कार्य गर्न पाउने छैनन् । विभागले नियम विपरीत काम गर्ने २ सय ७ मेनपावरको दर्ता यस अघि नै खारेजी गरिसकेको छ।

विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २७२ मात्र सञ्चालनमा छन् ।

Skip This
Logo