२ लाख विद्यार्थीलाई किन बोलाईयो भृकुटीमण्डप ? (भिडियोमा)

२ लाख विद्यार्थीलाई किन बोलाईयो भृकुटीमण्डप ? (भिडियोमा)


‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित छैठौं ‘कान्तिपुर हिसान एडुफेयर २०१९’ हुने भएको छ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा मेला आयोजना गर्न लागिएको हो ।

माध्यामिक विद्यालयदेखि विश्वविद्यालय स्तरको उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको हो । मेलामा विद्यालय शिक्षादेखि विभिन्न विश्व विद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम संचालन गरिरहेका १५० शैक्षिक संस्था सहभागि हुने आयोजकले जनाएको छ ।

आगामी जेठ ९ गतेदेखि १२ गतेसम्म आयोजना हुने मेलाको २ लाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

मेलाको बारेमा जानकारी दिँदै हिसानका अध्यक्ष रमेश कुमार सिलवालले उच्च शिक्षाका बारेमा एकै ठाउँमा विस्तृत जानकारी दिनका लागि मेला आयोजना गरिएको बताए । अध्यक्ष सिलवालले नेपालीहरुमा विदेशमा मात्रै राम्रो शिक्षा पाईन्छ भन्ने भ्रम रहेको भन्दै नेपालमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरु रहेको जानकारी दिए ।

https://www.youtube.com/watch?v=KdOjuzI8xG8

Logo