गरिमा विकास बैंकको शाखा वीरगन्जमा

गरिमा विकास बैंकको शाखा वीरगन्जमा


काठमाडौँ,

गरिमा विकास बैंक लिमिटेडले बुधबार वीरगन्जमा शाखा खोलेको छ । उक्त शाखाको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका थिए ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र वीरगन्जमा आफ्नो उपस्थिति जनाएको र वीरगन्ज शाखाबाट समेत देशका अन्य शाखाबाट जस्तै, उत्कृष्ट सेवा प्रदान गरिने बताए ।

Logo