भोज खाँदा एकै गाउँका १०६ जना बिरामी, दुईको अवस्था गम्भीर

भोज खाँदा एकै गाउँका १०६ जना बिरामी, दुईको अवस्था गम्भीर


पाल्पा,

तिनाउ गाउँपालिका–४, कोलडाँडाको बौरिडाँडाँमा प्रसाद (भोज) खाएका एकै गाउँका १ सय ६ जना बिरामी परेका छन् । छिमेकीको १३ दिने पुण्य तिथिमा मृत्यु संस्कार पछि प्रसादको रुपमा खाना खाएकाहरु झाडापखाला लागेर बिरामी परेका हुन् ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बिरामी परेकाहरु मध्ये ११ जनालाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारका लागि पठाईएको बताए । उनी भन्छन्, ‘बिरामी परेका मध्ये १२ जनालाई सलाइन चढाइयो । अरुलाई सामान्य उपचार गरिएको छ ।’

‘बुधबार मान्छे मरेको ठाउँबाट निस्कनी (चोसो) भएको ठाउँमा बसाएको अचार खाएको भन्छन् । फुड प्वाइजन भएको जस्तो पनि देखिन्छ । हामी जानकारी पाउनासाथ घटनास्थलमा पुग्यौं’, सूचना अधिकारी ज्ञवालीले भने, ‘डाक्टर सहित घटनास्थलमा पुगेका हौं । सुन्दर तरामुको नेतृत्वमा ८ जनाको टोलीबाट उपचार गरियो । अहिले एक जना स्वास्थ्यकर्मी र गाडी घटनास्थलमै छ ।’
नागरिकबाट

Logo