‘बीर विक्रम २’ को प्रिमियरमा ‘सिन्ड्रेला लुक्स’ मा वर्षा (भिडियोमा)

‘बीर विक्रम २’ को प्रिमियरमा ‘सिन्ड्रेला लुक्स’ मा वर्षा (भिडियोमा)


काठमाडौं । भोलि शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘बीर विक्रम २’ को रिलिजको पूर्वसन्ध्यामा भब्य प्रिमियर गरिएको छ । बुधवार राजधानीको कुमारी हलमा भएको फिल्मको ‘पर्पल कार्पेट प्रिमियर’ मा फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । ‘रोयल प्रिमियर’ को नाम दिइएको उक्त प्रिमियरमा अभिनेत्री वर्षा सिवाकोटी निकै सुन्दर देखिएकी थिईन् । उनी सबैको आकर्षणको केन्द्रविन्दु बनेकी थिइन् ।

लामो पिङ्क गाउनमा प्रिमियरमा पुगेकी वर्षाको पहिरनमाथि सबैको नजर अडिएको थियो । उनी राजकुमारीझैँ देखिएकी थिइन् । फिल्मका अभिनेता द्वय पल शाह र नाजिर हुसेन भने सुटमा थिए । फिल्ममा नेगेटिभ रोलमा रहेका कलाकार बुद्धि तामाङ पनि ब्ल्याक सुटमा प्रिमियरमा उपस्थिति भएका थिए ।

निर्देशक मिलन चाम्स भने दौरा-सुरुवालमा रातो रंगको कोटमा थिए । प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरुलाई ब्यान्ड बाजासहित प्रवेश गराइएको थियो । साथै, निर्माण टिमले फिल्मका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो ।

Logo