नेकपा जनवर्गीय संगठनको भागबन्डा टुंगियो, भोलि घोषणा गरिने

नेकपा जनवर्गीय संगठनको भागबन्डा टुंगियो, भोलि घोषणा गरिने


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लागेको छ । बिहीबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले जनबर्गीय संगठनको नेतृत्वको टुंगो लगाएको हो ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनवर्गीय एकता टुंगिएको जानकारी दिए । युवा संगठनको नेतृत्व तत्कालिन माओवादी केन्द्रको युवा संगठन वाईसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पाएका छन् ।

त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् । सहसंयोजकमा रञ्जित तामाङ तोकिएका छन् । त्यस्तै महिला संगठनको नेतृत्व अमृता थापाले पाएकी छन् । सहसंयोजक सीता पौडेललाइ दिएको छ ।

मजदुर संगठनको नेतृत्व विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा तोकिएका छन् । पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन् । दाहाल पोलिटब्यूरो सदस्य पनि बनेका छन् । गणेश बस्नेत सहसंयोजक बनेका छन् ।

त्यसैगरी बुद्धिजिवी संगठनको संयोजकमा डा. दिनेशचन्द्र देवकोटा र उपसंयोजकमा कृष्ण केसीको नाम टुंगिएको छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् ।

पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिएका छन् । यसैगरी मुस्लिम संगठनमा सराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक तोकिएका छन् ।

यस्तै भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक तोकिएका छन् भने सहसंयोजक तोकिएको छैन । प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी तोकिएका छन् । नेकपाले जनबर्गीय संगठनका सवै नाम टुंग्याएर भोलि पार्टी एकताको एक वर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी गरेको छ ।

नेकपा पोलिटब्यूरोको टुंगो लाग्यो (नामावलीसहित)

Skip This
Logo