संसद् भवनको डिजाइन अन्तिम चरणमा, १० अर्बमा संसद् परिसर बन्ने

संसद् भवनको डिजाइन अन्तिम चरणमा, १० अर्बमा संसद् परिसर बन्ने


काठमाडौं,

अबको करिब तीन वर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदै आएको छ । सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले सिंहदरबारमा निर्माण हुने प्रस्तावित संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको जानकारी दिनुभयो ।

सहरी मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर संसद् परिसर निर्माण प्रक्रियालाई अगाडि बढाएको बताउँदै उहाँले जेठको दोस्रो हप्ताभित्र डिजाइन कार्यलाई अन्तिम रुप दिएर ‘टेन्डर’ प्रक्रियामा जाने जानकारी दिनुभयो । यसका लागि ग्लोबल ‘टेन्डर’ आह्वान गरिने छ ।

प्रवक्ता दवाडीका अनुसार, २०७८ सालको असारसम्म संसद् परिसर निर्माण गरिसक्ने लक्ष्य रहेको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा बढीमा ६ महिनाको समयावधि थप गरिने छ । अन्तर्राष्ट्रिय स्तरको यो भवन परिसर नेपालको अहिलेसम्मकै अत्याधुनिक र बलियो हुने बताईएको छ ।
गोरखापत्रबाट

Logo