भव्य दरबार बनाउँदै विराटनगर महानगर (भिडियो रिपोर्ट)

भव्य दरबार बनाउँदै विराटनगर महानगर (भिडियो रिपोर्ट)


काठमाडौं । विराटनगर महानगरपालिका यतिवेला दरबार बनाउने तयारी गरिरहेको समाचार सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । गणतन्त्र आएको एक दशकपछि कस्को लागी बनाउने होला दरबार ? तर, यो दरबार राष्ट्रपति, मुख्यमन्त्री वा मेयर कसैका लागी नभई आम सर्वसाधारणको लागि बन्न लागेको हो । उक्त दरबार भेडियारी गाऊँको हो, जहाँ बसेर विराटराजा यस क्षेत्रमा राजकाज चलाउँथे भन्ने लोकोक्ति छ ।

द्धापर युगमा विराटराजाको विराटराज्य महाभारत कालीन राज्य थियो । यसको क्षेत्रफल धरान विजयपुरदेखि गङ्गा नदीसम्म रहेको महाभारतमा वर्णन छ । जनविश्वास अनुसार महाभारत कालमा यस क्षेत्रमा पाण्डवहरू गुप्तवासका लागि आएका थिए ।

प्रचलित किंवदन्ती अनुसार विराटराजाको दरवार रहेको यस क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेडियारी अर्थात गुप्तचर पठाएका थिए । यसै आधारमा यस ठाऊँको नाम भेडियारी भएको पनि एकथरीको तर्क रहेको छ । त्यही ठाउँमा विराटनगर महानगरपालिकाले भव्य दरबार बनाउन लागेको हो । थप भिडियोमाः

Logo