कांग्रेस निकटका कर्मचारीद्वारा उद्योगमन्त्री यादवमाथि हातपातको प्रयास

कांग्रेस निकटका कर्मचारीद्वारा उद्योगमन्त्री यादवमाथि हातपातको प्रयास


काठमाडौं । उद्योगमन्त्री मातृका यादवमाथि हातपातको प्रयास भएको छ । सरुवाको विषयलाई लिएर विवाद हुँदा मन्त्री यादवकै कार्यकक्षमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको हो । उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि हातपातको प्रयास गरेका हुन् ।

कांग्रेस निकट कर्मचारी संघका नेताहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेको र पछि मन्त्रीमाथि नै जाईलागेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

नाम नबताउने सर्तमा ति कर्मचारीले भने, ‘शुरुमा मन्त्री ज्यूका निजी सचिव प्रेम आचार्यलाई अश्लिल गालि गर्दै हातपात गर्न सम्म अघि बढे । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि नै उनीहरुले हातपातको प्रयास गरे ।’

कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको ति कर्मचारीको भनाई छ । उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरि नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेका हुन् । पछि प्रहरी आएपछि ति कर्मचारीहरु भागेका हुन् ।

Logo