‘हजुरको सरकार’ ले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फर्काएर लैजानुहोस्- कांग्रेस

‘हजुरको सरकार’ ले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फर्काएर लैजानुहोस्- कांग्रेस


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयोगको अधिकार कटौती गर्ने विधेयक फिर्ता गर्न आग्रह गरेको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा पूर्व बजेट छलफलको क्रममा कांग्रेस सचेतक कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले मौलिक अधिकार कार्यान्वयन गर्ने कुरा बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख गरेपनि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ल्याएको भन्दै आपत्ति जनाएका हुन् ।

‘विनियोजन विधेयककका सिद्धान्त र प्राथमिकतामा मौलिक अधिकार कार्यान्वयको कुरा गरिएको छ तर ‘हजुरको सरकार’ले नेपाल मिडिया काउन्सिल विधेयक ल्यायो विधेयक ल्यायो यो विधेयक प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालको छ, वैचारिक स्वतन्त्रतालाई कुण्ठित गर्ने खालको छ, फर्काएर लैजानुहोस् भन्ने हाम्रो मान्यता छ ।’

खाणले सरकारलाई ‘हजुरको सरकार’ सम्बोधन गर्दै भने, ‘मेरो सरकार भन्न मिल्यो कि मिलेन ?’ ‘सरकारले मानवअधिकार आयोगको स्वायत्तता र स्वतन्त्रता खण्डित गर्ने गरी ल्याएको विधेयक फिर्ता लिएर, मानव अधिकारको रक्षा हुने खालको ल्याइयोस् भन्न चाहन्छु,’ खाणले भने ।

Logo