भिडियोमा हेर्नुहोस् यसरी गरियो शताव्दी पुरुष सत्यमोहनको सम्मान

भिडियोमा हेर्नुहोस् यसरी गरियो शताव्दी पुरुष सत्यमोहनको सम्मान


काठमाडौं । शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान गरिएको छ । बग्गीमा राखेर ललितपुर नगरका विभिन्न स्थान परिक्रमा गराइएको हो । जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बसेका थिए । जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका थिए ।

नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति थियो । बग्गीको सवारीअघि उनको घरमा परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद लिएका थिए । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश पनि उनलाई हस्तान्तरण गरिएको थियो ।

बग्गीमा सवारी गराउनका लागि जोशीलाई लिन मेयर चिरीबाबु महर्जन उनकै घरमै पुगेका थिए । इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुरमा सोमबार एक दिन सार्वजनिक विदा नै दिइएको छ । ललितपुर महानगरले उनको सम्मानमा एक वर्षसम्म बिभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाउने घोषणा गरेको छ ।

राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर उनकै निवास पाटनमा पठाएको मंगलकामना सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्‍या एको योगदानको उच्च प्रशंशा गरिएको छ । कार्यक्रममा राष्ट्रपति भण्डारीले पठाएको सय अंक उल्लेख गरिएको चित्रसहितको बुकी र दोसल्लाद्धारा संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो ।

Logo