सरकारले क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख सहायता रोक्का गर्‍यो

सरकारले क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख सहायता रोक्का गर्‍यो


काठमाडौं । सरकारले क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोक्का गरेको छ । बजेट अभावमा सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोक्का गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले जानकारी दिईन् ।

बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरिएको उनले बताइन् । आइतबार काठमाडौँमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा बोल्दै उनले आँखाको क्यान्सर रोगको उपचारका लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने बताईन् ।

सचिव चौंधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको जानकारी दिईन् ।

Logo