अल्बानियाको प्रधानमन्त्री कार्यालयमा पेट्रोल बम प्रहार

अल्बानियाको प्रधानमन्त्री कार्यालयमा पेट्रोल बम प्रहार


अल्बानियाको प्रधानमन्त्री कार्यालयमा पेट्रोल बम प्रहार भएको छ ।

दक्षिण पूर्वी युरोपेली मुलुक अल्बानियाका विपक्षी हजारौं अल्बानियालीहरुले प्रधानमन्त्री इदी रामाको विरोधमा प्रदर्शन गरेका थिए । गएका तीन महिना यता त्यहाँ सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । प्रधानमन्त्री रामाले चुनावमा धाँधली गरेको आरोप खेपिरहेका छन् ।

विपक्षी नेता लुल्जीम बाशाले प्रधानमन्त्री रामाले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्न कार्यकर्ता र सर्बसाधारण नागरिकलाई आग्रह गरेका छन् ।

Skip This
Logo