कन्काईमाइ पुलमा भेटिएको बम डिस्पोजसँगै यातायात सुचारु

कन्काईमाइ पुलमा भेटिएको बम डिस्पोजसँगै यातायात सुचारु


झापा,

झापाको कन्काईमाइ नगरपालिकाको माइ पुल नजिकै भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोज टोलीले डिस्पोज गरेको छ । पुलको पुर्वी भागको उत्तरपट्टी आज बिहान भेटिएको उक्त वस्तु नेपाली सेनाको चार आलीबाट खटिएको टोलीले डिस्पोज गरेको हो ।

पुल नजिकै शंकास्पद वस्तु भेटिएपछि बिहान ६ बजेदेखि अवरुद्ध यातायात पनि सुचारु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवाश खड्काले बताए । वस्तु राखिएको ठाउँ नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा भेटिएकोले उक्त समूहले नै बम राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

Skip This
Logo