थाइल्याण्डको चर्चित द बिच सन् २०२१ सम्म बन्द रहने

थाइल्याण्डको चर्चित द बिच सन् २०२१ सम्म बन्द रहने


काठमाडौं,

पर्यटकको भार थाम्न नसकेपछि थाइल्याण्डको चर्चित समुद्री किनारा ‘द बिच’ पर्यटकका लागि सन् २०२१ सम्म बन्द रहने भएको छ । लिओनार्दो डिक्याप्रियो अभिनित ‘द बिच’ नामक फिल्मले यो बिचलाई चर्चामा ल्याएको थियो ।

‘माया बे’ नामले चिनिएको यो बीचमा सन् २००० मा बनेको यो फिल्म चर्चित भएसँगै पर्यटकको बाक्लो भिड लाग्ने गरेको थियो । यहाँ दैनिक ५ हजार पर्यटक आउने गरेका थिए ।

पर्यटकको चापका कारण पर्यावरणमा असर परेको भन्दै थाइल्याण्डले गतसाल केही समयका लागि बन्द गरेको थियो । यसवर्ष उक्त निर्णयलाई लम्ब्याउँदै सन् २०२१ सम्म बन्द राख्ने निर्णय गरेको हो ।
एजेन्सी

Logo