नरेन्द्र मोदी मेकअप मै सकाउँछन्, महिनाको ८० लाख भारु !

नरेन्द्र मोदी मेकअप मै सकाउँछन्, महिनाको ८० लाख भारु !


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो सामाजिक सञ्जालमा सेयर गरिएको छ । जसमा प्रधानमन्त्री मोदीले मेकअपमै महिनाको ८० लाख भारु खर्च गर्ने गरेको दाबी गरिएको छ । उक्त भिडियोमा केहि ब्यूटिशियनहरुले प्रधानमन्त्री मोदीलाई मेकअप गरिरहेको देखिन्छ ।

फेसबकु तथा ट्वीटरमा यो भिडियो लाखौं पटक हेरिएको छ । हजारौं पटक सेयर गरिएको छ । अधिकांश मानिसहरुले सामाजिक सञ्जालमा भिडियोसँग यी हुन्, गरिबका छोरा, मेकअप गरिरहेका छन्, ‘आरटीआईबाट खुलाशा भएको छ कि श्रृंगारको लागि ब्यूटिशियनलाई ८० लाख भारु प्रतिमहिना भुक्तान गरिन्छ ।’

गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा यो भिडियो यही दाबीसहित पोष्ट गरिएको छ । तर यो बीबीसीले गरेको अनुसन्धानबाट यो भिडियो सहि हो तर गलत सन्दर्भको लागि शेयर गरिएको खुलेको छ । भिडियोमा प्रधानमन्त्री मोदीसँग देखिएका मानिसहरु नीजि मेकअप आर्टिस्ट होईनन् ।

मेकअप गरिरहेको यो भिडियो सन् २०१६ मार्चको हो । यो भिडियो लण्डनस्थित चर्चित मेडम तुसाद म्यूजियमले जारी गरेको थियो । १८ मार्च २०१६ को मेडम तुसाद म्यूजियमले आफ्नो आधिकारिक युट्युब च्यानलबाट पोष्ट गरेको थियो । म्यूजियमका अनुसार यो भिडियो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला बनाउन नाप लिने समयमा सूट गरिएको हो ।

मेडम तुसाद म्यूजियमबाट करिब २० कारिगरको टिम दिल्लीस्थित प्रधानमन्त्री निवास पुगेको थियो । उनीहरुले चार महिनाको समय लिएर प्रधानमन्त्री मोदीको पुतला तयार पारेका थिए । यसको अर्थ भाईरल भएको भिडियोमा जो मानिसहरु मोदीसँग देखिएका छन्, उनीहरु म्यूजियमका कारिगर हुन् । कसैका पर्सनल मेकअप आर्टिस्ट होईनन् ।

मेडम तुसाद म्यूजियमसँगै प्रधानमन्त्री मोदीको पुतला लण्डनको म्यूजियममा २८ अप्रिल २०१८ मा स्थापित गरिएको थियो ।

Logo