अदृश्य शक्तिले मेलम्ची आयोजना रोकेको छ : प्रचण्ड

अदृश्य शक्तिले मेलम्ची आयोजना रोकेको छ : प्रचण्ड


काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजना रोक्न देश भित्रकै अदृष्य शक्ति लागेको बताएका छन् । शुक्रबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा प्रचण्डले आयोजना अझै २ वर्ष रोक्ने प्रयास भएको बताए ।

सरकारले मेलम्ची चाँडो सक्न प्रयास गरिरहेको उल्लेख गर्दै चलखेल गर्ने शक्तिलाई परास्त गरेर काठमाडौंमा पानी ल्याउनु पर्ने बताए । ‘सरकार बलियो रुपमा प्रस्तुत नभए मेलम्चीको पानी ल्याउन कठिन छ,’ उनले भने् । मन्त्रीसँग आफ्नो निरन्तर संवाद भइरहेको र सरकार छिटोभन्दा छिटो मेलम्चीको पानी ल्याउने तयारीमा रहेको बताए ।

सिएससीले काम छोडेपछि मेलम्ची खानेपानी आयोजना मंसिर २९ देखि ठप्प छ । विभिन्न माग गर्दै काम छोडेको सिएसमीलाई काममा फर्काउन सरकारले प्रयास गरेको थियो । तर सिएसमीसँग सहमति हुन नसकेपछि आयोजना बोर्डले २४ माघमा ठेक्का सम्झौता तोड्ने निर्णय गरेको थियो ।

त्यस यता मेलम्ची खानेपानी आयोजना अलमलमै छ । मन्त्रिपरिषदले विशेष परिस्थिती भनेर ठेक्का टुक्राएर कामअघि बढाउनु पर्ने आयोजना बोर्डले बताउँदै आएको छ । तर हालसम्म सरकारले कुनै निर्णय लिन सकेको छैन ।
नयाँ पत्रिकाबाट

Logo