चेल्सी र आर्सनल यूरोपा लिगको फाइनलमा

चेल्सी र आर्सनल यूरोपा लिगको फाइनलमा


यो वर्षको यूरोपा लिगको फाइनल पनि च्याम्पियन्स लिगको फाइनल जस्तै हुने भएको छ ।

यूरोपा लिगको फाइनलमा दुई इङलिस क्लब चेल्सि र आर्सनल पुगेपछि युरोपेली फुटबल संघ, युइएफएले गर्ने यूरोपका दुइ ठूला क्लब फुटबल प्रतियोगिताको फाइनल इङलिस टोलीमय हुने भएको हो ।

च्याम्पियन्स लिगको फाइनलमा अन्य दुइ इङलिस टोली टोटेनहम र लिभरपुल भिंड्दैछन् । गएराती चेल्सिले जर्मन क्लब एन्ट्रयाच फ्रर्याङकफर्टलाई पेनाल्टी शुटआउटमा चार–तीन गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । पहिलो लेग जस्तै दोस्रो लेग पनि एक–एक गोलको बराबरीमा टुङगिएपछि खेल पेनाल्टितर्फ मोडिएको थियो ।

पेनाल्टीमा चेल्सीका रक्ष्ँक केपाले फ्रर्याङफर्टका दुइ खेलाडीको लगातार पेनाल्टी जोगाउदै चेल्सिलाई उपाधी नजिकै पुर्याए । चेल्सिका लागि इडेन हजार्डले निर्णयक पेनाल्टी प्रहार गर्दै गोल गरेका थिए ।

अर्को खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सिलाई समग्रमा ७–३ गोलले पराजित गर्दै चेल्सिसंगको उपाधी भिडन्त पक्का गर्यो । दोस्रो लेगको खेल आर्सनलले चार–दुइले जित्यो । आर्सनलको जितमा औवामेयाङले ह्याट्रिक गरेका थिए ।

अब मे महिनाको २९ मा अजरबैजानको बाकुमा चेल्सि र आर्सनलविच यूरोपा लिगको फाइनल भिडन्त हुनेछ । यूइएफएका दुबै प्रतियोगिताका फाइनलमा सबै इङलिस क्लब पुगेको यो पहिलो र ऐतिहासिक अवसर हो ।

Logo