प्रि-बजेट माथिको छलफल आजबाट

प्रि-बजेट माथिको छलफल आजबाट


काठमाडौं,

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा बजेटका प्राथमिकता र सिद्धान्त (प्रि-बजेट) माथिको छलफल आज (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतिनिधिसभामा बिहान ११ बजे र राष्ट्रियसभामा दिउँसो १ बजेदेखि छलफल सुरु हुनेछ ।

दुबै सदनमा अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष ०७६/०७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गर्न प्रस्ताव गर्नेछन् ।

प्रि–बजेटमाथि संसदमा तीन दिनसम्म छलफल चल्नेछ । छलफल शुक्रबार, आइतबार र सोमबार हुने संसद् सचिवालयले कार्यक्रम बनाएको छ । छलफलमा आगामी आर्थिक बर्षको बजेटमा उल्लेख गर्नुपर्ने कुराका विषयमा सांसदले सुझाव दिनेछन् । आगामी जेठ १५ गते सरकारले आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

Logo