२ वटा ब्रुमर थप्दै काठमाडौं महानगरपालिका

२ वटा ब्रुमर थप्दै काठमाडौं महानगरपालिका


काठमाडौं,
गत १२ चैत देखि पाँच वटा ब्रुमर प्रयोग गरेर काठमाडौंको सडक बढारिरहेको काठमाडौं महानगरपालिकाले थप २ ब्रुमर खरिद गर्ने भएको छ ।

महानगरको बिहीबार बसेको ३२ औँ कार्यपालिका बैठकले इटालियन कम्पनीबाटै थप दुई वटा ब्रुमर खरिद गर्ने निर्णय गरेको हो । एक महिना यता लगातार ब्रुमर संचालन हुँदासमेत सडकमा धुलो कम नभएको भन्दै ब्रमुर किन्न लागेको हो । पाँच वटाले मात्र नपुग्ने देखिएकाले थप दुई ब्रुमर खरिद गर्ने निर्णय गरेको प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

कार्यपालिका बैठकमा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले अहिलेसम्म सम्पन्न गरेका कामको प्रतिबेदन र सार्वजनिक शौचालय मापदण्डको मस्यौदा नगर प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएकी थिइन् ।

स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, डिजाइन गर्ने लगायतका जिम्मेवारी समितिलाई दिइएको थियो । उपप्रमुख खड्गीले महानगरभित्र दुई सय ८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनमा देखिएको बताइन् ।

Logo