बाराका हावाहुरी पीडितलाई डिशहोमको नि:शुल्क सेवा

बाराका हावाहुरी पीडितलाई डिशहोमको नि:शुल्क सेवा


बारा

डिश मिडिया नेटवर्क लिमिटेडले बारा जिल्लाका हावाहुरी प्रभावितलाई नि:शुल्क सेवा दिएको छ । कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका ५ सय घरधुरीमा टेलिभिजन सिंग्नल नि:शुल्क सुचारू गरिदिएको हो ।

कम्पनीले बाराका परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकाका हावाहुरी प्रभावितलाई नि:शुल्क सेवा दियो । प्रभावित क्षेत्रमा नि:शुल्क एन्टेना परिवर्तन, नि:शुल्क तार वितरण तथा जडान गरिदिएको हो ।

पीडितलाई केही मात्रामा भएपनि राहत होस् भन्ने उदेश्यले नि:शुल्क सेवा दिएको कम्पनीले जनाएको छ। डिशहोम नेपालको एक मात्र आधिकारिक डिटिएच सेवा हो ।

Logo