बौद्ध–जोरपाटी सडकमा प्रहरी र स्थानीयबीच झडप, स्थिति तनावग्रस्त (तस्बिरसहित)

बौद्ध–जोरपाटी सडकमा प्रहरी र स्थानीयबीच झडप, स्थिति तनावग्रस्त (तस्बिरसहित)


काठमाडौं । बौद्ध–जोरपाटी सडकखण्ड वर्षौंसम्म पिच नभएको हुँदा धुलो र धुँवाले असर गरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ ।

बल प्रयोग गर्दा बिहीबार बिहानैदेखि त्यस क्षेत्रमा तनाव उत्पन्न भएको छ । प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेर स्थानीयलाई तितरवितर पारेको भए पनि फेरि सडकमा उत्रिएका छन् ।

उनीहरुले बाटो पिचको काम नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताएका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले लाठी प्रहार गरेपछि केहीबेर शान्त भएको उक्त सडकखण्डमा अहिले फेरि नाराबाजी गरेका छन् । आन्दोलनकारीले केही सवारीमा तोडफोड गरेका छन् ।

Logo