डिआईजी सा’पलाई मात्र गर्मी भो !

डिआईजी सा’पलाई मात्र गर्मी भो !


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो ब्याग पनि बोक्न सुरक्षाकर्मीलाई दिईन् । पर्शनल ह्याण्ड ब्याग समेत बोक्नको लागि सुरक्षाकर्मीलाई दिएकी थिईन् । जुन कुराको निकै चर्चा भयो ।

त्यस्तै स्वर्गीय पर्यटनमन्त्री रबीन्द्र अधिकारीले केहि समय अघि सम्भावित विमानस्थलको अवलोकन गर्न जाँदा लगाएको कोट समेत सुरक्षाकर्मीलाई समात्न दिएका थिए । उनलाई छाता समेत अर्का सुरक्षाकर्मीले ओढाएका थिए । मन्त्री अधिकारीको उक्त कदमको पनि निकै चर्चा चलेको थियो । सामाजिक सञ्जालमा निकै विवाद भएको थियो ।

यतिबेला सशस्त्र प्रहरी बलका एक प्रहरी अधिकारी फेरि चर्चामा आएका छन् । सशस्त्र प्रहरी बल सुदूरपश्चिमस्थित बैजनाथ बाहिनीका प्रमुख डिआईजी नगेन्द्र बहादुर थापा चर्चामा आएका हुन् ।

भवन सिलान्यस गर्न उपस्थित सशस्त्रका डिआईजी नगेन्द्र बहादुर थापालाई छाता ओठाउँदै प्रहरी जवान । तस्बिरः ओम बस्नेत

यो गर्मीको मौसम । तराईमा अत्यधिक गर्मी भईरहेको छ । तराई क्षेत्रमा यतिबेला ३५ देखि ४० डिग्री सेन्टिग्रेटको तापक्रम छ । यहि बेला महाकाली नगरपालिकामा बर्डर आउट पोष्ट (विओपी) भवनको सिलान्यास कार्यक्रम आयोजना गरियो । बिहीबार आयोजना गरिएको सिलान्यास कार्यक्रममा डिआईजी थापा पनि सहभागी भए । उनैले भवनको सिलान्यास गरे ।

सिलान्यस गर्ने क्रममा उनलाई निकै गर्मी भयो । अत्यधिक गर्मी भएपनि डिआईजी थापालाई एक सशस्त्र प्रहरीका जवानले छाता ओढाए । त्यहाँ अन्य प्रहरी अधिकारी, महाकाली नगरपालिकाका मेयर चिनी गिरी, वडाअध्यक्षहरु लगायतको उपस्थिति थियो । डिआईजी थापालाई  भवनको सिलान्यस गर्ने क्रममा अत्यधिक गर्मी भएको भन्दै सशस्त्र जवानले छाता ओढाउन लगाए ।

भवनको सिलान्यसको क्रममा प्रहरी जवानले डिआईजी थापालाई छाता ओढाएको तस्बिर यतिबेला चर्चामा आएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले डिआईजी थापालाई सिलान्यास कार्यक्रममा सहभागी अन्यलाई गर्मी भएन र ? भन्दै प्रश्न गरेका छन् ।

Logo