गलत खानपानले पनि हुन सक्छ बाझोपन

गलत खानपानले पनि हुन सक्छ बाझोपन


प्रायः सबैलाई सन्तान चाहाना हुनु स्वाभाविकै हो । तर सबैले आमा–बुवा बन्ने सौभाग्य पाउँदैनन् । वैवाहिक जीवन पश्चात कुनै पनि परिवार नियोजनको (गर्भ निरोधक) साधन नअपनाईकन नियमित यौन सम्पर्क गर्दा पनि गर्भधारण हुन सकेको छैन भने त्यस्तो अवस्थालाई बाझोपन या निःसन्तान भनिन्छ ।

बाझोपन दुवै महिला र पुरुषको कारणले हुन सक्छ । बाझोपन हुनुको कारण धेरै हुन्छ । आफ्नो व्यवहार र दैनिक क्रियाकलापले पनि हुन्छ । १५ देखि २० प्रतिशत जन्मजात हुन्छ ।

धेरैजसो मानिसहरु आफ्नो शरिरलाई विभिन्न रसायनिक मल, किटनाशक औषधी र केमिकल्सबाट पर्ने असरहरुलाई वेवास्ता गर्ने गरेको पाइन्छ । यस्ता विभिन्न किसिमका रसायनको सम्पर्कमा रहँदा हाम्रो स्वास्थ्यलाई त असर गर्छ नै तर कमैलाई थाहा होला बाझोपन हुने खतरा पनि सामान्य भन्दा बढि हुन्छ ।

हामीले प्रयोग गर्ने असुरक्षित भोजनको कारण बाझोपनको शिकार हुन पुग्छौं । धेरैजसो अनुसन्धानका अनुसार रसायन युक्त फलफुल या तरकारीको सेवन गर्दा त्यसमा किटनाशक औषधीको केहि अंश रहेको हुन्छ जसका कारण गर्भवती हुने आशा कम हुन्छ र गर्भावस्था सम्बन्धी समस्या सृजना हुन्छ ।

किटनाशक औषधी फलफुल र तरकारीमा किराबाट बचाउनको लागि छर्किन्छ । यी किटनाशक दुई प्रकारका हुन्छन् । रसायनिक र जैविक । किटनाशक औषधी कृत्रिम तरिकाबाट बनाइन्छ भने जैविक औषधी प्राकृतिक तरिकाबाट तयार गरिन्छ । यी रसायनबाट तिनै मानिस प्रभावित हुन्छन् । जो यस्ता रसायनको सिधैं सम्पर्कमा आउँछन् । विकिरणको सम्पर्कमा भएका, कारखानामा, रसायन भएको ठाँउमा काम गर्ने मानिसहरु, किसान जो खेतमा यसको प्रयोग गर्छन् । जो सिधैं सम्पर्कमा नआउने मानिसहरुमा पनि रसायन युक्त खानेकुराको प्रयोग गर्दा यसबाट प्रभावित हुन्छन् । प्रशोधित मासुको सेवन, चिल्लो पदार्थयुक्त दुधजन्य खानेकुरा, चिनीयुक्त पेय पदार्थ, अत्याधिक चिया तथा कफिको प्रयोग, जंकफूडको सेवन, लागुऔषधको सेवनले पनि बाझोपनको समस्या हुन सक्छ ।

गर्भाधारणको सम्भावना ३० प्रतिशत सम्म कमः
शोधकर्ताहरुले गर्भावस्थामा किटनाशक औषधीको प्रभाव जान्नको लागि अनुसन्धान गरेका थिए । त्यसमा उच्च मात्रामा किटनाशक औषधीयुक्त फलफुल र तरकारी खाने महिलाहरुमा गर्भवती हुने सम्भावना ३० प्रतिशत कम पाईयो । त्यसको अलावा ४० प्रतिशत महिलामा रसायनको कारण गर्भपतन भएको पाईयो ।

पुरुष पनि हुन्छन शिकारः
किटनाशक औषधीको कारण केवल महिलामात्र होइन पुरुषहरु पनि यसको शिकार हुने गरेका छन् । पुरुषको प्रजनन क्षमतामा नकारात्मक असर परिरहेको छ । किटनाशक औषधीमा रहेको रसायनले शरिरमा पैदा हुने एक रसायन एसिटाइलकोलिन एस्टरेजको निर्माण रोकिदिन्छ । यो एक इन्जाइम हो, जो दिमागमा भएको रसायनिक सन्देशवाहकको रुपमा काम गर्ने न्युरो ट्रान्समिटर्सको साथ सम्वेगको आदान प्रदान गर्छ ।

रसायनिक र किटनाशक औषधीले गर्दा पुरुषहरुको शुक्राणुको संख्या र गुणमा कमि आउँछ । भने महिलाहरुमा समयपूर्व यौवन आउने, जन्मजात दोष, गर्भपतन र मृत बच्चाको जन्म हुने जस्ता दुष्परिणाम आउँछ ।

जन्मजात पनि हुन सक्छः
यो रसायनले शरिरमा असर गर्छ । यो प्रजनन प्रणालीमा धेरै प्रकारको असर गर्छ । कुनै रसायनले कोशिका क्षतीग्रस्त पारिदिन्छ भने कुनै पुरै नष्ट गरिदिन्छ । यसको कुप्रभाव यति धेरै मजवुत र स्थायी हुन्छ कि डिएनएको ढाँचा नै बदल्न सक्छ । यसको परिणाम स्वरुप अर्को पिढी पनि प्रजनन सम्बन्धी समस्या या जन्मजात विकृति भएको जन्म लिन्छ ।

Logo