टोटेनहम च्याम्पियन्स लिगको फाइनलमा

टोटेनहम च्याम्पियन्स लिगको फाइनलमा


यो वर्षको च्याम्पियन्स लिग फाइनल दुई इङलिस टोली टोटेनहम हटस्पर र लिभरपुलविच हुने भएको छ ।

गएराती डच क्लब आयाक्सलाइ दोस्रो लिगमा तीन–दुइ गोलले पराजित गरेपछि टोटेनहमले समग्रमा तीन–तीनको नतिजा निकाल्दै अवे गोलका आधारमा फाइनलमा प्रवेश गरेको छ ।

च्याम्प्यिन्स लिगको दोस्रो सेमिफाइनल पनि नाटकिय बन्यो । आयाक्सले घरेलु मैदानमा पहिलो हाफमा नै दुइ–शून्यको अग्रता लियो । खेलमा समग्रमा तीन–शून्यले पछि परेको अवस्थामा टोटेनहमले नाटकीय कमब्याक गर्यो ।

दोस्रो हाफमा उसका लागि ब्राजिलियन फरवार्ड लुकास मौराले ह्याट्रिक गरे । मौराले खेलमा थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा आफ्नो ह्याट्रिक मात्र पुरा गरेनन्, अवे गोलका आधारमा टोटेनहमलाइ फाइनलमा समेत पुर्याए ।

अब आउँदो जून १ मा स्पेनको मड्रिडमा टोटेनहमले च्याम्पियन्स लिगका उपाधीका लागि लिभरपुलको सामना गर्नेछ । लिभरपुल बार्सिलोनालाइ पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

यसअघि, सन् २००८ मा भएको अल–ईङलिस फाइनलमा म्यानचेष्टर युनाइटेडले चेल्सिलाइ पराजित गर्दै उपाधी जितेको थियो ।

Logo