श्रीमतीको हत्या गरी पलङमूनि शव लुकाउने पक्राउ

श्रीमतीको हत्या गरी पलङमूनि शव लुकाउने पक्राउ


श्रीमतीको हत्या गरी २४ घण्टासम्म शव लुकाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भाल्मु घर भई काठमाडौं बागबजार बस्दै आएका राजकुमार पहरी छन् ।

पहरीले शनिबार साँझ श्रीमती निर्मला नेपालको कुटेर हत्या गरेका थिए । महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार श्रीमान–श्रीमतीबीच झगडा हुँदा पहरीको कुटाइबाट निर्मलाको ज्यान गएको थियो । निर्मलाको ज्यान गएपछि पहरीले शव पलङमूनि लुकाएर राखेका थिए ।

निर्मलालाई नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Logo