५० वटा हेलिकोप्टर आउने पैसाले रोनाल्डोले किने एउटा कार

५० वटा हेलिकोप्टर आउने पैसाले रोनाल्डोले किने एउटा कार


काठमाडौं । पोर्चुगलका फुटबर स्टार क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा महँगो कार किनेका छन् । अहिलसम्मकै सबैभन्दा महंगो मानिएको बोइटुर नोइरे कार खरिद गरेका हुन् । बुगाटी कम्पनीले उत्पादन गर्ने यो कार रोनाल्डोको हातमा भने सन् २०२१ मा पर्नेछ ।

यसको केही हिस्सालाई अन्तिम रुप दिन बाँकी रहेकोले उक्त समय लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो कारको डिजाइन सन् १८३६ र १९३८ तयार पारिएको थियो । यो कार टाइप ५७ एससी एटलान्टिकको जस्तो मोडल छ ।

विश्वको सबैभन्दा महँगो कारमा ८ लिटर टर्बोचाज्र्ड–१६ इन्जिन छ । यो प्रतिघण्टा २ सय ६० माइलको स्पिडमा कुद्नेछ । अहिले रोनाल्डोसँग मर्सिडिज सी क्लास स्पोर्ट कूप, लेम्बर्गिनी एवेँटाडोर एलपी ७००–४ एस्टन मार्टिन, उन फरारी ५९९ जीटीओ, बेन्टले कान्टिनेन्टल जीटीसी स्पिड मेक्लोरेन एमपी ४१२ सी र रोल्स रोयस फेन्टम जस्ता कार छन् ।

विश्वको सबैभन्दा महँगो कार बुगाटी ला बोइतूर नोइरेको मूल्य १ करोड १० लाख युरो तोकिएको छ । यो मूल्यमा ५० ओटा रोबिन्स आर–२२ हेलिकोप्टर खरीद गर्न सकिन्छ । यो कम्पनीको एउटा हेलिकोप्टरको मुल्य अढाई करोड पर्छ ।

Logo