नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट

नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट


काठमाडौं

सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

नीति तथा कार्यक्रम अघि पर्याप्त छलफल नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्हीप जारी गर्नु भन्दा छलफल गर्नुपर्ने माग अगाडि सारेका छन् ।

शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गर्न निर्देशन दिनुभएको थियो । २४ गते नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा आ–आफ्नो धारणा राख्न उहाँले निर्देशन दिनुभयो ।

तर सांसदहरु जनार्दन शर्मा, रामकुमारी झाक्री र सुरेन्द्र पाण्डे लगायतले नीति तथा कार्यक्रममाथि छलफल गर्न पाउनुपर्ने माग अगाडि सार्नु भएको हो । असन्तुष्टि जनाउने सांसदहरुले नेताको निर्देशन र व्हीप मात्रै जारी गर्ने मात्र कार्य स्वीकार्य नभएको चेतावनी दिएका थिए ।

सांसद सुरेन्द्र पाण्डेले छलफल गर्न नपाइने हो भने किन बैठक बोलाएको भन्ने प्रश्न गर्नुभएको थियो । सांसद रामकुमारी झाँक्रीले दलको बैठकमा कुरा राख्न नदिने अनि जबरजस्त यो कुरामा समर्थन गर भनेर व्हीप जारी गर्न नपाइने भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘मेरो सरकार के का लागि यो भाषा प्रयोग गरियो ? आज दुई जना नेताको निर्देशन मात्रै होइन, हाम्रा कुरा पनि सुनिनुपर्छ ।’
नेपाल समाचारपत्रबाट

Logo