दाइजो नल्याएको भन्दै यातनापछि बुहारीको हत्या

दाइजो नल्याएको भन्दै यातनापछि बुहारीको हत्या


बुटवल

दाइजो नल्याएको भन्दै आधा दशकदेखि हिंसा सहेर बसेकी रुपन्देहीकी एक महिलाको शंकास्पद मृत्यु भएको छ । माइतीपक्षले भने सासू ससुरा र नन्दले हत्या गरी झुन्ड्याएको भन्दै प्रहरीमा जाहेरी दिने प्रयास गरेका छन् । तर इलाका प्रहरी कार्यालय बुटवलले जाहेरी लिन मानेको छैन ।

बुटवल उपमहानगरपालिका १४ बिनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्री शुक्रबार बिहान घरको दोस्रो तलाको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । मृत्युको अघिल्लो बिहान सासुबाट कुटिएर घाइते भएपछि राति १० बजेसम्म घरमा रुवाबासी चलेको र बिहान उक्त घटना भएको छिमेकीले बताएका छन् ।

अर्घाखाँची गोखुङ्गा माइत भएकी लक्ष्मीको बिहे सात वर्ष अघि भएको थियो । उनकी ६ वर्षकी छोरी छन् । श्रीमान रोजगारीका लागि दुबई आउने जाने गर्छन् । बिहे गरेको ६ महिनादेखि नै लक्ष्मीले सासुको दुव्र्यवहार भोगेको माइती पक्षले जनाएको छ ।

दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि उनले बाहिर नबताएको बुवा डोमबहादुर खत्रीले बताए । ‘छ महिनादेखि नै सासुले दाइजो कम ल्याइस भन्दै हेला गरेको बताएकी थिई’, उनले भने–‘यस्तो गर्लान भन्ने सोचेकै थिएनौं ।’
अन्नपूर्णबाट

Logo