आईपीएल लिग चरणको अन्तिम खेलमा दिल्लीको टिममा सन्दीप परेनन्

आईपीएल लिग चरणको अन्तिम खेलमा दिल्लीको टिममा सन्दीप परेनन्


काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले दिल्ली क्यापिटल र राजसंस्थान रोयलबीचको खेल भईरहेको छ । नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी भएको दिल्लीले लिग चरणको अन्तिम खेलमा उनलाई समावेश गरेको छैन् ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला मैदानमा राजस्थानले टस जितेर ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाका तीव्र बलर कासिगो रबाडाको अनुपस्थितिमा दबाब महसुस गरेको दिल्लीले खेलमा नेपाली बलर सन्दीपलाई मौका नदिएको हो।

आईपीएलको ११ औं संस्करणमा डेब्यू गरेका सन्दीपले १२ औं संस्करणमा ६ खेल खेल्दा ८ विकेट लिएर राम्रो उपस्थिति देखाएका थिए । बलिङ इकोनोमीमा भने उनले सुधार गर्न सकेका छैनन् । ६ खेल खेल्दा उनको बलिङ इकोनोमी ९.१३ छ ।

Logo