शब्दको पछि लागेर राष्ट्रपतिलाई विवादमा नलैजाउँ : योगश भट्टराई

शब्दको पछि लागेर राष्ट्रपतिलाई विवादमा नलैजाउँ : योगश भट्टराई


काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा नेता योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुको अर्थ सार्वभौम नेपालीको अभिव्यक्ति भएको बताएका छन् । उनले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रपति संस्थाको नभई सार्वभौम नेपालीको भएको बताउँदै यस्तो बताएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक मेरो सरकार भनेर सम्बोधन गरेकि थिइन् । सोही विषयलाइ लिएर चर्चा भइरहँदा भट्टराईले राष्ट्रपतिले बोलेको बारेमा गलत अर्थ नलगाउन बताएका हुन् ।

उनले भने, सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्नुहुन्छ । प्रधानमन्त्रीको सरकार भन्ने अर्थ हो । शब्दको पछाडि लागेर राष्ट्रपति जस्तो सम्माननीय संस्थालाई अनावश्यक विवादमा ल्याउनु हुन्न । शाब्दिक कुरामा अल्झिएर नीति तथा कार्यक्रमलाई ओझेलमा पार्नु हुन्न ।

Skip This
Logo