झापामा कसरी ६८ योजनाको पत्र पुग्यो ? प्रधानमन्त्री नै चकित !

झापामा कसरी ६८ योजनाको पत्र पुग्यो ? प्रधानमन्त्री नै चकित !


काठमाडौं । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विकास पोको लगे । देशका प्रधानमन्त्री भएरपनि आफ्नो निर्वाचन क्षेत्र झापालाई मात्र विकास केन्द्रित गरे’ भन्दै हिजो आज चर्को विरोध भईरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भनेका छन्, ‘तपाई देशको प्रधानमन्त्री कि दमकको मेयर ?’

त्यस्तै अन्यले पनि प्रधानमन्त्रीको उक्त कदमको विरोध गरिरहेका छन् । तर अचम्मको कुरा के भने प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगलाई पठाईएको पत्रबारे अनविज्ञता प्रकट गरेका छन् । उनले एक विज्ञप्ती नै जारी गरेर अनविज्ञता प्रकट गरेका हुन् ।

प्रधानमन्त्री स्वयंमलाई उक्त पत्रबारे केही थाहा नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

ट्वीटरमा ‘प्रधानमन्त्रीज्यु आश्चर्यचकित’ भन्दै अर्यालले आयोजनाहरुको सूची प्रधानमन्त्रीको निर्देशन बेगर नीजि सचिवालयबाट भूलवश राष्ट्रिय योजना आयोगमा सम्प्रेषण गरिएको दाबी गरेका छन्।

आफू नै अध्यक्ष रहेको आयोगबाट प्रधानमन्त्रीले त्यस प्रकारको पत्र पठाउने कुरै नआउने भन्दै बाहिर आएको कुराको सान्दर्भिकता नरहेको उनले उल्लेख गरेका छन्। उक्त पत्रका कारण प्रधानमन्त्री ओली आश्चर्यचकित र दुःखी बनेको बताएका छन् ।

 

Logo