विवाह पहिल्यै आमा बनेकी न्युजिल्यान्डकी प्रधानमन्त्रीले गरिन् ‘इन्गेजमेन्ट’

विवाह पहिल्यै आमा बनेकी न्युजिल्यान्डकी प्रधानमन्त्रीले गरिन् ‘इन्गेजमेन्ट’


एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले ‘इन्गेजमेन्ट’ गरेकी छन् । विवाहपूर्व नै छोरीलाई जन्म दिएकी प्रधानमन्त्री आर्डनले लामो समयदेखिका ‘पार्टनर’ क्लार्क गेफोर्डसँग टीकाटालो (इन्गेजमेन्ट) गरेकी हुन् ।

भर्खरै सकिएको इस्टरपछि गेफोर्डले आर्डनसँग बिहे प्रस्ताव राखेपछि कुरा छिनिएको हो । ४१ बर्से गेफोर्ड माछा मार्नेसम्बन्धी टेलिभिजन कार्यक्रमका प्रस्तोता हुन् । ३८ वर्षीया प्रधानमन्त्री आर्डनले देशको शासन सम्हालिरहँदा गेफोर्ड भने उनीहरूकी १० महिने छोरी नभ ते आरोहालाई हुर्काइरहेका छन् ।

सन् २०१७ अक्टोबर २६ मा प्रधानमन्त्री भएकी आर्डन सन् २०१८ मा गर्भवती भएकी थिईन् । प्रधानमन्त्री भएकै बेला सन्तान जन्म दिने उनी न्युजिल्यान्डकी पहिलो र विश्वकी दोस्रो महिला हुन् । उनीभन्दा पहिले पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोले सन् १९९० मा पदमा रहँदा सन्तान जन्माएकी थिइन्।

Logo