हारको बदला लिन श्रीलंकामा आक्रमण गरेको आइएस नेताको दाबी

हारको बदला लिन श्रीलंकामा आक्रमण गरेको आइएस नेताको दाबी


एजेन्सी । इस्लामिक बिद्रोही समूह इस्लामिक स्टेट (आइएस) ले श्रीलंकामा हारको बदला लिन आक्रमण गरेको दाबी गरेको छ । आईएसका नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गर्दै श्रीलंकामा आक्रमण गर्नु हारको बदला लिनु भएको दाबी गरिएको हो ।

आइएसले पछिल्लो पाँच वर्षमा पहिलोपटक भिडियो सार्वजनिक गरेको छ । भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेको र त्यसको बदला लिएरै छाड्ने चेतावनी दिएका छन् ।

भिडियो फुटेजमा अल–बग्दादीले आइएसको नियन्त्रण रहेको अन्तिम क्षेत्रका रुपमा रहेको बाघुजमा भएको हार पनि स्वीकार गरेका छन् । भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट भएको छैन, तर आइएसले भने अप्रिलमा लिइएको भिडियो रहेको बताएको छ । आइएसको अल–पुक्र्वान मिडियान नेटवर्कमा भिडियो पोस्ट गरिएको हो ।

अल–बग्दादीले इस्टरको दिन (अप्रिल २१) श्रीलंकाको राजधानी कोलम्बोमा भएको आक्रमण इराकी शहर बाघुजमा बेहोरेको हारको बदला रहेको दाबी गरेको हो । उनले बुर्किना फासो र मालीका बिद्रोही समूहसँग सहकार्य रहेको पनि बताएका छन् । यस्तै सुडान र अल्जेरियामा भइरहेको प्रदर्शनका बारेमा पनि उनले कुरा गरेका छन् ।

Logo