बैंकहरुले बढाए नाफा

बैंकहरुले बढाए नाफा


काठमाडौं

लगानीयोग्य रकम (तरलता) को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन् । तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ ।

बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ । सोमबारसम्म सात वाणिज्य बैंकले चालु वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । तीमध्ये नेपाल बैंकको नाफा मात्र घटेको छ । अन्य बाँकी ६ बैंकको नाफा बढेको छ ।

चैत मसान्तसम्म एभरेस्ट बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ । पोहोर भन्दा यस वर्षको नौ महिनामा यसले ३४ करोड रुपैयाँले नाफा बढाएको छ । गतवर्ष एभरेस्ट बैंकले सो अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल एसबिआई बैंकले गतवर्षको तुलनामा यस वर्ष २३ करोड रुपैयाँले नाफा बढाएको छ । चालु आर्थिक वर्षको नौ महिनामा एसबिआई बैंकले पनि एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको सोही अवधिमा एक अर्ब ३७ करोड नाफा कमाएको थियो ।
नागरिकबाट

Logo