३ करोड ३९ लाख कर छलेको भन्दै टुटललाई सरकारको पत्र

३ करोड ३९ लाख कर छलेको भन्दै टुटललाई सरकारको पत्र


काठमाडौं । सरकारले ‘राइड सेयरिङ’ कम्पनी टुटलले ग्राहकबाट उठाएको र आफूले पनि तिर्नुपर्ने कर छलेको पुष्टि तिर्न भनेको छ । आन्तरिक राजश्व कार्यालय ललितपुरले कर छली गरेको ठहर गर्दै कम्पनीलाई दाखिला गर्न पत्र पठाएको हो ।

२ करोड ३९ लाख बराबर कर छलि गरेको भेटिएको भन्दै कार्यालयले तिर्न पत्र पठाएको हो । यसमा ३ वर्षको अवधिको मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, जरिवाना र ब्याज समेत जोडिएको छ ।

आन्तरिक राजश्व कार्यालय ललितपुरका प्रमुख लालबाहदुर खत्रीले टुटलले कर छली गरेको देखिएकाले कर निर्धारण गरेर दाखिलाका लागि पत्र लेखिएको जानकारी दिए ।

कार्यालयले लामो समय लगाएर टुटलको कारोबारको अनुसन्धान गरेको थियो । टुटलले सुरुमा जानकारी नभएर भ्याट उठाएको र कर कसरी कहाँ कुझाउने भन्ने जानकारी नहुँदा यस्तो अवस्था आएको जवाफ कार्यालयलाई दिएको थियो ।

Skip This
Logo