संवैधानिक परिषदको बैठक स्थगित

संवैधानिक परिषदको बैठक स्थगित


काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि आजका लागि बोलाइएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ९ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाएका थिए । बैठकमा देउवा सहभागी नहुने भएपछि बैठक स्थगित भएको हो ।

भोलि मंसिर २९ गतेका लागि आन्दोलनको तयारी गरिरहेको कांग्रेसले सभापति देउवा बैठकमा उपस्थित हुन नसक्ने शनिबार जानकारी दिएको थियो ।

आज बोलाइएको बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको विषय उपर छलफल हुने कार्यतालिका थियो ।

परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । विपक्षी दलका नेता उपस्थित नहुने भएपछि आजका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

Logo