एक खुट्टाले नै डान्स गरेर चर्चामा, अरुको लागि प्रेरणादायी (भिडियोमा)

एक खुट्टाले नै डान्स गरेर चर्चामा, अरुको लागि प्रेरणादायी (भिडियोमा)


रोमा न्यौपाने नेपालकी एक चर्चित एक कलाकार हुन् । ८ वर्षको उमेरमा सवारी दुर्घटनामा परि उनले देब्रे खुट्टा गुमाएकी थिइन् । उनले आफुलाई एक खुट्टाको भरमा नाचेर सबैलाई आश्चर्य बनाउदै आएकी छन् । उनी एकै खुट्टाले नृत्य गरेर आफुलाई चिनाउँदै आएकी छन् ।

उनले अहिलेसम्म विभिन्न १७ देशको भ्रमण गरिसकेकी छन् । अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्गले जस्तै काम गर्न सक्छन् भन्ने उनी एक गतिलो उदाहरण बनेकी छन् । उनी नेपालका पनि विभिन्न ठाउँमा पुगेर आफ्नो प्रतिभा देखाउँदै आएकी छन् ।

उनले यहाँसम्म आईपुग्दा विभिन्न समस्या भोग्दै आएकी छन् । घरपरिवारको साथ सहयोग मिलेपनि समाजको हेपाह प्रवृतिले गर्दा बेला बेला उनको चित्त दुख्छ । भन्छिन्, ‘समाजमा अझै पनि यस्ता सोचका मानिसहरु छन्, उनीहरुले राम्रो काम गरेको देख्नै चाहदैनन् । उनीहरुको मनमा नकारात्मक कुरामात्र बढी खेलाउँछ ।’ थप भिडियोमाः

Logo