रविन्द्र मिश्रको पार्टीको नाम फेरियो

रविन्द्र मिश्रको पार्टीको नाम फेरियो


रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको नाम परिर्वतन भएको छ । उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल गठन गरेपछि पार्टीको नाम परिवर्तन गरेको हो।

अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको छ । तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । साझा विवेकशीलले पार्टीमा युवालाई ४० प्रतिशत आरक्षण सुािश्चित गरेको छ ।

बैठकले जेठ १ गतेदेखि देश यात्रामा निस्कने तयारी पनि गरेको छ । विदेशमा रहेका पार्टीका सदस्यहरूलाई ‘विशेष प्रदेश’को मान्यता दिने, पार्टीको निर्वाचनमा मतदानको अधिकार दिने, विदेशका पार्टी आवद्ध सद्भाव समूहहरूले पार्टीको महाधिवेशनमा प्रतिनिधहरू पठाउन सक्ने र सद्भाव समूहरूको अन्तराष्ट्रिय सञ्जालका संयोजकलाई पदेन केन्द्रिय सदस्य बनाउने निर्णय पनि गरिएको साझाले जनाएको छ।

Skip This
Logo