नेपालगन्जमा ७ वर्ष यताकै सर्वाधिक गर्मी

नेपालगन्जमा ७ वर्ष यताकै सर्वाधिक गर्मी


नेपालगन्ज

नेपालगन्जमा सात वर्ष यता सर्वाधिक गर्मी भएको छ । जल तथा मौसम विज्ञानको नेपालगन्जको राँझास्थित हावापानी कार्यालयका अनुसार शुक्रबार अधिकतम् तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम भने २३ डिग्री सेल्सियस रहेको थियो । सन् २०१३ देखि सन् २०१९ को अप्रिल २६ तारिखमा यो सबैभन्दा बढी गर्मी हो ।

कार्यालयका प्रमुख अखिलेशप्रसाद चौरसियाका अनुसार यो वर्ष औसत तापक्रम ३५ देखि ३८ को डिग्रीसेल्सियस थियो । उनले भने, ‘यो प्रि–मनसुनको समय हो। असारसम्म अझै तापक्रम बढ्न सक्छ ।’

विगत सात वर्षयता अप्रिल महिनाको ३० तारिखमा ३९ देखि ४२ दशमलव २ डिग्री सेल्सियससम्म थियो । जबकी ३० तारिख आउन अझै ३ दिन बाँकी नै छ । सन् २०१६ को अप्रिलमा सर्वाधिक ४२ दशमलव २ डिग्री सेल्सियस थियो । नेपालगन्जमा शुक्रबार दिउँसो तातो हावा समेत चलेको थियो।
अन्नपूर्णबाट

Logo